स्याङ्जामा १० बर्षिय बालकको घाँटी रेटेर हत्या

स्याङ्जा - स्याङ्जामा १० बर्षिय बालकको हत्या भएको छ । अर्जुनचौपारी गाउँपालिका ६ सिउडीवारीका १० बर्षिय हर्षित देवकोटाको हत्या भएको हो । हत्या गरी फरार भएका स्थानीय २२ बर्षिय सुजन सुवेदीलाई प्रहरीले स्याङ्जा बजारबाट पक्राउ गरेको छ ।

 बालकलाई धारिलो हतियार प्रयोग गरी घाटी रेटेर हत्या गरी भिरबाट फालिएको अवस्थामा फेला परको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।