थाइल्याण्ड पुगेका पूर्वराजा ज्ञानेन्द्र सिंगापुरमा

काठमाडौँ - गत शुक्रबार थाइल्याण्डको बैंकका गएका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार सिंगापुर गएका छन् ।

सिंगापुरमा छोरी प्रेरणाको उपचार भइरहेको छ। पूर्वराजा छोरीको उपचारका लागि थाइल्याण्डबाट सिंगापुर गएको स्रोतले जनाएको छ । सिंगापुरबाट थाइल्याण्ड फर्किएर नेपाल आउने कार्यक्रम भएपनि मिति  तय नभएको स्रोतले जनाएको छ ।

गत शुक्रबार पूर्वयुवराज पारस बाहेक अन्य परिवारका सदस्यलाई लिएर पूर्वराज शाह थाइल्याण्ड गएका थिए । थाइल्याण्डमा पूर्वराजाको कुनै राजनीतिक भेटघाटको कार्यक्रम नभएको स्रोतले जनाएको छ ।