माधव नेपाल र बाबुराम भट्टराईमाथि छानबिन केही नहुने

काठमाण्डोँ - ललितानिवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा बाबुराम भट्टराईमाथि कीर्ते सम्बन्धमा छानबिन वा बयान केही पनि नहुने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा मुद्दा नचलाएको र कीर्ते गरेको पुष्टि हुने ठोस आधार नभेटिएकाले बयान वा कागज गराउन समेत आवश्यक नभएको निष्कर्षमा सीआईबी पुगेको उच्च स्रोतले  जानकारी दियो ।