आजको मौसमः गण्डकी र प्रदेश १ मा उच्च भागमा हिमपात हुने

काठमाडौं - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू्–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने प्रदेश नं १ को पहाडी भू९भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक९दुई स्थानमा हल्का हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ।

तराईका एक दुई स्थानमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले मौसम सूचना तथा पूर्वानुमान शाखामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ ।