निवासमा आगजनी भएको अफवाह फैलाएका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

दार्चुला जिल्ला मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीलाई आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले अधिकारीलाई सदरमुकाम खलंगाबाट पक्राउ गरेको हो । फागुन २४ मा राति आगजनी र ढुङ्गामुढा भएको अफवाह फैलाइ उनलेे फागुन २५ मा इलाका प्रहरी कार्यालयमा  जानकारी गराएका थिए ।

अनुसन्धानको क्रममा प्रमुख प्रशासकीय अधिकृत आफैंले आगजनी गरेको प्रमाण फेलापरेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

अधिकारीविरुद्ध आपराधिक उपद्रव गर्न नहुने मुद्दामा सोमबार जिल्ला अदालत दार्चुलाबाट सात दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।