साँगा भञ्ज्याङमा बस दुर्घटना हुँदा पाँच जना घाइते 

काठमाडौँ - धुलिखेलबाट काठमाडौँ आउँदै गरेको बस साँगा भञ्ज्याङमा दुर्घटनामा परेको छ ।

प्रत्यक्षदर्शीका अनुसार केहीबेर अघि धुलिखेलबाट काठमाडौं आउँदै गरेको बा ३ ख ९३९६ नं को यात्रु बहक बस साँगा पुलमुनी सडकबाट तल खसेको हो ।
घटनास्थलमा उद्धार कार्य जारी रहेको छ। पाँच  जना घाइते भएको प्रहरी प्रारम्भिक जानकारी दिएको छ ।