काठमाण्डौं। फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको चुनावबाट निर्वाचित सदस्यहरूको शपथ चैत १२ गते हुने भएको छ।
बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाहलमा आयोजना गरिने जनाएको छ।
उपस्तिथि हुँदा निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र (सक्कल र प्रतिलिपी ) नेपाली नागरिकताको प्रतिलिपी तथा हालहालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो साथमा अनिवार्य रूपमा ल्याउन संघीय संसद् सचिवालयले आग्रह गरेको छ।
प्रतिक्रिया