आज नेप्से परिसूचक समग्रमा १६.६८ अंकले घट्यो

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचकसँगै आइतबार (वैशाख ७) कारोबार रकम पनि घटेको छ । गएको साताको अन्तिम कारोबारको तुलनामा यस दिन रकममा कमी आएको हो । आइतबार आठ अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । गएको बिहीबार १० अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक बढेको छ । बाँकी ११ समूहको परिसूचक घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.५२ प्रतिशतले बढेको छ । व्यापार समूहको परिसूचक १.०२ प्रतिशतले बढेको छ ।

नेप्से परिसूचक समग्रमा १६.६८ अंकले घटेर २७०६.०४ विन्दुमा बन्द भएको छ । ५३ कम्पनीको सेयर मूल्य बढेको छ । १९२ कम्पनीको सेयर मूल्य घटेको छ । इमर्जिङ नेपालको सेयर मूल्य स्थिर छ ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । हिमालयन पावर पार्टनरको सेयर मूल्य ७.३३ प्रतिशतले घटेको छ ।