पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव भ्रष्टाचारको आरोपमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार बिहान पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ । आयोगको काठमाडौंस्थित टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार, श्रीवास्तवमाथि पोखरिया र बहुदरमाई नगरपालिकामा विभिन्न योजना र ठेक्का प्रक्रियामा अनियमितता गरी गैरकानूनी लाभ लिएको आरोप लागेको छ ।

आयोगले अनुसन्धानका क्रममा श्रीवास्तवले आफ्नो पदको दुरुपयोग गरी व्यक्तिगत फाइदाका लागि रकम मागेको र लिएको ठोस प्रमाण फेला पारेको जनाएको छ ।