विश्वकै कमजोर पासपोर्टमा नेपाल, सबभन्दा शक्तिशाली पासपोर्ट कुन देशको छ ? 

 काठमाडौँ - नेपालको पासपोर्ट विश्वकै कमजोर पासपोर्टको सूचीमा परेको छ ।

विश्वका शक्तिशाली पासपोर्टहरूको सूचीमा नेपाल नेपाल १९९ देशमध्ये १९२ नम्बरमा नेपाल परेको छ । कमजोरको सूचीअनुसार उल्टोबाट नेपाल आठौं नम्बरमा परेको हो । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ ले कुनै पनि देशका नागरिकले विश्वमा भिसा प्राप्त सक्ने क्षमताका आधारमा यो सूची तयार पारेको हो ।

विश्वका पासपोर्टमध्ये कुन पासपोर्टले कति देशमा फ्री भिसा र भनेकै बेला भिसा पाएर प्रवेश गर्न सकिन्छ भन्ने आधारमा सूचकांक तयार पार्ने गर्छ । प्रतिवेदनले नेपालको पासपोर्टले ३८ वटा मुलुकमा मात्रै अनरआइभल भिसा लाग्ने देखाएको छ ।

सूचीअनुसार सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको छ ।अफगानस्तानको पासपोर्टले २७ वटा मुलुकमा मात्रै अनअराइभल भिसा लाग्छ ।

त्यसपछि रहेको इराकको पासपोर्टले २९, सिरियाको पासपोर्टले ३०, पाकिस्तानको पासपोर्टले ३३, यमन र सोमालियाका पासपोर्टले ३५ स्थानमा अनअराइभल भिसा पाउँछन् ।

द्वन्द्वग्रस्त मुलुक प्यालेस्टाइनको पासपोर्ट र नेपालको पासपोर्टले भने ३८ मुलुकमा अनअराइभल भिसा पाउँछन् ।

सूचीमा सबभन्दा शक्तिशाली पासपोर्ट सिंगापुरको रहेको छ । त्यहाँको पासपोर्टले १९२ मुलुकमा अनअराइभल भिसा पाउँछ भने त्यसपछि क्रमशस् जर्मनी, इटली र स्पेनले १९० मुलुकमा अनअराइभल भिसा पाउँछन् ।