सशस्त्रका तीन डीआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं - सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) पदमा पदोन्नतिभएका तीन वरिष्ठ अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गरेका छन्।

उनीहरूलाई यही ४ गतेको प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरीय निर्णयले पदोन्नति गरेको थियो। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज आयोजित एक समारोहमा महानिरीक्षक अर्यालले दज्र्यानी चिह्न प्रदान गरेका हुन्।

यसरी दज्र्यानी चिह्न प्राप्त गर्नेमा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू अन्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा छन्।

उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सङ्गठनमा आवद्ध भएपछि पदोन्नति महत्वपूर्ण रहने उल्लेख गर्दै बढेको पदीय जिम्मेवारीलाई अझ बढी उत्तरदायीपूर्ण रुपमा व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिए।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आर्थिक अनियमिततालगायत नेतृत्व गर्ने ठाउँमा थोरै मात्र गल्ती गरे पनि क्षम्य नहुने उल्लेख गर्दै समाजका सबै तहले कामको मूल्याङ्कन गर्ने भएको हुँदा सङ्गठन, पेशा र मुलुकप्रति पूर्ण निष्ठावान भइ समर्पित रहन निर्देशन दिए।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जहाँ जुन जिम्मेवारीमा रहे पनि त्यहाँ सङ्गठनसँग सम्बन्धित हरेक पक्षहरूमा पथ प्रदर्शक र रोलमोडल बन्नुपर्नेमा जोड दिए।