पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान, राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता 

 काठमाडौँ - चीनको राष्ट्रिय जनकंग्रेसको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना आज स्वदेश फर्किएका छन् ।

नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएका अध्यक्ष तिमिल्सिना दश दिने भ्रमण पूरा गरि स्वदेश फर्किएका हुन् । 
अध्यक्ष तिमिल्सिना नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनको सिचुवान प्रान्तको छेन्दुबाट चार्टड विमानमार्फत आज बिहान ९:२५ बजे पोखरा बिमानस्थलमा आइपुगेका हुन् ।

पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडानका यात्रुका रुपमा आइ पुगेका अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधि मण्डल र उडानमा सवार यात्रुहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पोखरा बिमानस्थलमा स्वागत गरेका छन् ।