सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउने सर्वोच्च पुगे

काठमाडौँ - आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्। उनको रिटमा सुनुवाइका लागि बिहीबारका लागि पेशी तोकिएको छ।