दैलेखमा सिँचाइ पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

 काठमाण्डौँ - दैलेखमा सिँचाइ पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । चामुण्डा विन्द्रासैनी नगरपालिका–३ का पानीखोलास्थित सिँचाइ गर्न बनाइएको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

मृत्यु हुनेमा स्थानीय ५ वर्षीया सपना खप्तडी र ८ वर्षीया विपना खत्री रहेको प्रहरीले जनाएको छ ।

बिहीबार बेलुका घरदेखि ५० मिटर टाढा रहेको पोखरीमा खेल्न गएका उनीहरूको डुबेर मृत्यु भएको हो ।