अमेरिकी डलरको मूल्य घट्यो, कस्तो छ अन्य मुद्राको विनिमयदर ?

काठमाडौं । बुधवार अल टाइम हाई बनाएको अमेरिकी डलरको मूल्य बिहिवार घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीददर १३२ रूपैयाँ ६२ पैसा र विक्रीदर १३३ रूपैयाँ २२ पैसा तोकेको छ । अघिल्लो दिन (बुधवार) १ अमेरिकी डलरको खरीददर १३२ रूपैयाँ ९४ पैसा र विक्रीदर १३३ रूपैयाँ ५४ पैसा कायम भएको थियो । राष्ट्र बैंकले बुधवार तोकेको डलरको विनिमय दर हालसम्मकै उच्च हो ।

आज युरोको भाउ भने बढेको छ । आज प्रतियुरोको भाउ खरीददर १४१ रूपैयाँ ९२ पैसा र विक्रीदर १४२ रूपैयाँ ५७ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १४२ रूपैयाँ ३१ पैसा र विक्रीदर १४२ रूपैयाँ ९५ पैसामा कारोबार भएको थियो ।

त्यसैगरि, आज चिनिया युआनको भाउ भने घटेको छ । आज १ चिनिया युआनको खरीददर १८ रूपैयाँ १८ पैसा र विक्रीदर १८ रूपैयाँ २६ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनिया युआनको खरीददर १८ रूपैयाँ २३ पैसा र विक्रीदर १८ रूपैयाँ ३२ पैसा कायम भएको थियो ।

कस्तो छ अन्य मूद्राको विनिमयदर ?