बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ सेवामार्फत अर्काे बैंकमा पैसा पठाउँदा पैसा नगएर खाताबाट पैसा काटेमा उक्त पैसा एक दिनमा नै फिर्ता दिनुपर्ने व्यवस्था गनुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणलीसम्बन्धी एकीकृत निर्देशन, २०८० जारी गर्दै एउटै बैंकमा पैसा ट्रान्सफर गर्दा एक दिनमा नै समस्या समाधान गर्नुपर्ने व्यवस्था गरेको हो ।
तर, अर्काे नामको वा फरक फरक संस्था भएमा तीन दिनभित्र पैसा खातामा फर्काउने व्यवस्था गर्न निर्देशन दिएको छ । त्यस्तै गरी यसरी पैसा पठाउने एउटा विदेशी र एउटा स्वदेशी संस्था भए ३० दिन भित्र समस्या समाधान हुने व्यवस्था गर्न निर्देशन दिइएको छ । यस्तो समस्यामा सेटलमेन्ट गराउने दायित्व दुवै संस्थाको हुने निर्देशनमा उल्लेख छ ।