अवरुद्ध नर्सिङ कलेजहरुमा भर्ना प्रक्रिया अगाडि बढाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं - संसद्को शिक्षा , स्वास्थ्य तथा सूचना प्रविधि समितिले अवरुद्ध नर्सिङतर्फको भर्ना प्रक्रिया  अव्यवस्थित रहेको भन्दै नर्सिङ कलेजहरुमा चाँडो भर्ना प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ।

समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई परिपत्र पठाउँदै रोकिएको भर्ना लिइ कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो। मापदणड पूरा गर्न नसकेका ७३ वटा नर्सिङ कलेजहरुले २०७८ सालदेखि विद्यार्थी भर्ना लिन पाएका छैनन् ।