साताको पाँचौं दिन बिहीबार सुनको मूल्य घटेको छ। बुधबारको तुलना बिहीबार सुनको मूल्य चार सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य १ लाख १८ हजार रुपैयाँ कायम हुँदा छापावाल सुन तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ तोकिएको छ।
चाँदीको मूल्य भने बुधबारको तुलनामा तोलामा १५ रुपैयाँ घटेको छ। बिहीबार चाँदी तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।