सशस्त्रका इन्स्पेक्टर प्रकाशबहादुर चन्दले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र देखाएर जागिर खाएको आरोपमा मुद्दा दायर

सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाशबहादुर चन्दले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र देखाएर जागिर खाएको आरोपमा मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्दविरुद्ध सोमबार विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ । उनले पेश गरेको माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमेडियट एजुकेसन यूपीबाट जारी भएको हाइस्कुल तहको प्रमाणपत्र नक्कली भएको अख्तियारको दाबी छ । चन्द एपीएफको ३६ नम्बर गण डोटीमा कार्यरत छन् ।