ऐन र नियमावली कार्यान्वयन नभएको भन्दै  राष्ट्रिय सहकारी महासंघ आन्दोलनमा

काठमाडौँ - सहकारी ऐन र नियमावली कार्यान्वयन नभएको भन्दै राष्ट्रिय सहकारी महासंघ नेपालले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेल गरेर महासंघले विभिन्न चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका वरिष्ठ उपाध्यक्ष तथा सहकारी समस्या समाधान सहजीकरण कार्यदलका संयोजक ओमदेवी मल्लले सहकारी ऐन र नियमावली कार्यान्वयनका लागि धेरै मन्त्री, उपप्रधानमन्त्री तथा शीर्ष नेताहरूलाई भेट्दा पनि आफ्ना कुराहरूको सुनुवाइ नभएको भन्दै आफूहरूले पहिलोपटक शान्तिपूर्णरूपमा आन्दोलन गर्न लागेको स्पष्ट पारिन् ।