आजबाट काठमाडौंमा ‘सम्पदा बस’ सेवा सुरु हुँदै

काठमाडौँ - आजदेखि काठमाडौं उपत्यकामा ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको छ ।

काठमाडौं उपत्यकाका सम्पदाहरुको दृश्यावलोकन गराउने उदेश्यसहित आजबाट ‘सम्पदा बस’ सेवा सञ्चालनमा आउन लागेको हो ।

नेपाल पर्यटन बोर्डको ब्यवस्थापनमा दुईवटा बिद्युतीय बसहरुमार्फत काठमाडौं उपत्यकाका सम्पदा देखाइने प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए ।

उनका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूसम्म सम्पदा घुम्ती बस सेवाका रूपमा मंगलबारवाट ‘हफ अन हफ अफ बस’ सञ्चालन हुनेछन् ।