गोरखामा जन्ती बस दुर्घटना, पाँच जनाको मृत्यु

गोरखा - गोरखामा गए राति जन्ती बस दुर्घटनमा परेको छ।

शहिद लखन गाउँपालिका-३ सिलिङ कोटगाउँबाट शहिद लखन गापा-५ पोखरी डाडाँ जन्ति फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा गाडी दुर्घटना भएको प्रहरीलाई उदृत गर्दै शहिद लखन वडा नम्बर ७ का वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिएकाे नेपाल टेलिभजनले जनाएकाे छ।

उनका अनुसार भीरमा धेरै मानिसहरु हताहती भएको तर मृत्यु हुनेको संख्या भने एकिन भएको छैन। प्रहरीले वडाअध्यक्ष श्रेष्ठलाई पाँच  जनाको मृत्यु भएको जानकारी दिएको छ।

२ जनाको सकुशल उद्दार गरिएको छ भने १२ जना घाइतेलाई उपचारको लागि तनहुँको खैरेनीमा पठाइएको छ। रातिको समय र पानी पनि परिरहेको हुनाले उद्दार कार्य कठिन भएको प्रहरीले जनाएको छ।