उपप्राध्यापक प्रेमबहादुर चलाउनेको अनशन स्थगित 

 काठमाण्डौँ - त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले अनशन स्थगित गरेका छन् ।

नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका नेता तथा कार्यकर्ताले तीन वर्षअघि उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेका थिए। त्यस सम्बन्धी मुद्दा जिल्ला अदालत, काठमाडौंमा जारी रहेको छ ।

मुद्दाको टुंगो नलाग्दै सरकारले फिर्ता लिने निर्णय गरेको थियो । त्यसका विरुद्ध उपप्राध्यापक चलाउनेले पाँच दिनअघि त्रिवि परिसरमा अनशन शुरू गरेका थिए ।