आज अमेरिकी डलरको विनिमयदर घटेको छ। अघिल्लो दिन डलरको भाउ उच्चविन्दुमा पुगेको थियो। बुधबार एक डलरको खरिददर १३३ रूपैयाँ ०८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६८ पैसा पुगेकोमा आज डलर एकको खरिद मूल्य १३३ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६२ पैसा पुगेको छ।
राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १४५ रूपैयाँ ०५ पैसा र बिक्रीमा १४५ रूपैयाँ ७१ पैसा तोकिएको छ।अघिल्लो दिन युरो एकको खरिदमा १४५ रूपैयाँ ६२ पैसा र बिक्रीमा १४६ रूपैयाँ २७ पैसा तोकिएको थियो।
त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा बिहीबार ८७ रूपैयाँ ३७ पैसा र बिक्रीमा ८७ रूपैयाँ ७७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ १० पैसा र बिक्रीमा ९७ रूपैयाँ ५४ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६६ रूपैयाँ ७५ पैसा र बिक्रीदर १६७ रूपैयाँ ५० पैसा तोकिएको छ।
आज कतारी रियालको विनिमयदर भने स्थिर छ। बिहीबार रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६३ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ ४४ पैसा र बिक्रीमा २८ रूपैयाँ ५६ पैसा पाइन्छ।
आज कुवेती दिनारको विनिमयदर घटेको छ। अघिल्लो दिन दिनार एकको खरिदमा ४३२ रूपैयाँ ०५ पैसा र बिक्रीमा ४३४ रूपैयाँ तोकिएकोमा आज दिनार एकको खरिदमा ४३१ रूपैयाँ ७१ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ६६ पैसा पाइन्छ। त्यसैगरी बहराइन दिनार एकको खरिददर भने ३५२ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४७ पैसा तोकिएको छ।