सिन्धुलीमा फेरि झडप, प्रहरीद्वारा दर्जनौं अश्रु ग्यास प्रहार

सिन्धुली - गर्भवती महिलाको मृत्युका विषयलाई लिएर फेरि सिन्धुली तनावग्रस्त भएको छ । अस्पताल व्यवस्थापन, सरोकारवाला निकाय र पिडित पक्षबीच वार्तामा तीनबुँदे सहमति भएको केही समयमा नै पुनः आक्रोशित भिड र प्रहरीबीच झडप भएको हो। 

झडपमा आन्दोलनरत र सुरक्षा निकाय दुबै पक्षका केही घाइते भएका छन्। झडपमा प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गरेको छ। आक्रोशित भिड नियन्त्रणबाहिर गएको छ। वार्तामा घटनाका विषयमा सत्य तथ्य छानविन गर्न चार सदस्यीय छानविन समिति गठन गर्ने सहमति भएको भएको थियो ।