भोलि बिहीबार सार्वजनिक विदा

काडमाडौँ - भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइने भएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेका कारण भोलि उपत्यकामा विदा दिन लागिएको हो ।

गृह मन्त्रालयका अनुसार भोलि विदा दिनको लागि मन्त्रालयमा प्रस्ताव पेश गरिसकिएको छ र निर्णय प्रक्रियामा छ । यस जात्रामा उपत्यकामा सार्वजनिक विदा दिने भन्ने कुरा राजपत्रमा प्रकाशित भइसकेकोले बेलुकासम्म औपचारिक रुपमा विदाको निर्णय हुने मन्त्रालयले जनाएको छ ।