काठमाण्डौँ,धादिङसहित देशभर मनसुन वर्षा, सुरक्षित रहन बिभागको आग्रह

 

काठमाडौँ - अहिले काठमाण्डौँ, धादिङ,नुवाकाेट,रसुवा लगायत देशभर वर्षा भईरहेको छ । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव छ ।

अहिले देशभर सामान्य देखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली र सुदूर पश्चिम प्रदेशका एक वा दूई स्थानमा मेघ–गर्जनरचट्याङ्ग सहित वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा मेघ–गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

त्यसैगरी आज राति देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघ–गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । महा शाखाले यो बेलामा बाढि पहिरोको जोखिम हुने भएकाले सुरक्षित रहन पनि आग्रह गरेको छ ।