औषधि पसलमा स्वास्थ्यमन्त्रीको अनुगमन

काठमाडौँ - स्वास्थ्य मन्त्रालयले सोमबार देशभरका औषधी पसलमा अनुगमन गरेको छ । मन्त्रालयले काठमाडौं उपत्यका लगायत देशभरका औषधि पसलमा एकसाथ अनुगमन गरेको हो ।

काठमाडौंमा रहेका केहि औषधि पसलको अनुगमनमा औषधि व्यवस्था विभागका प्रतिनिधिसहित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत निस्किएका थिए।

सो क्रममा औषधि पसलमा म्याद गुज्रिएका औषधिहरू राखेको पाइएको थियो भने बेच्ने अनुमति नपाएका औषधीहरु पनि राखिएको भेटिएको छ ।

नमूनाप्रति औषधि र म्याद गुज्रिएका औषधि भेटिएपछि ललितपुरमा एक औषधि पसललाई कारवाही समेत गरिएको छ । मन्त्री बस्नेतले औषधि पसललाई व्यवस्थित गर्न र जिम्मेवार बनाउनका लागि सरकारले अनुगमन गरेको जानकारी दिए।