जेठ १५ भित्र छात्रवृत्ति वितरण गर्न निजी विद्यालयहरूलाई काठमाडौं महानगरको ताकेता

काठमाडौँ - काठमाडौं महानगरपालिकाले जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ ।

महानगरपालिकाले छात्रवृत्ति वितरण गरेको जानकारी जेठ १६ गते इमेलमार्फत काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा पठाउन भनेको छ । २०८० का लागि सम्बन्धित निजी विद्यालगबाट कक्षा १० सम्मका विद्यार्थीलाई वितरण गरिने छात्रवृत्तिको विववरण पेस गर्नुपर्ने छ ।

निजी विद्यालयले अघिल्लो शैक्षिक सत्रमा जम्मा विद्यार्थीको १० प्रतिशत विद्यार्थीलाई नयाँ शैक्षिक सत्रमा छात्रवृत्ति प्रदान गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही आधारमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा ३ बमोजिमको छात्रवृत्ति छनोट समितिबाट निर्णय गराई छात्रवृत्ति वितरण गर्न निर्देशन दिएको हो ।