रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० जना घाइते  

 काठमाण्डौँ - रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८, दुलीमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा १० जना घाइते भएका छन् । 

बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री रहेका छन् भने एकजना सुत्केरी महिला र बच्चाको पहिचान सकेको छैन । जिपमा जम्मा १४ यात्रु सवार थिए । घाइतेमध्ये ४ जनाको अवथा गम्भीर रहेको वडाध्यक्ष खत्रीले बताए । गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट उपचारका लागि अन्यत्र लैजाने तयारी रहेको उनको भनाइ छ ।


सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटतर्फ आउँदै गरेको जु १ ज १७४७ नम्बरको जिप भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नमराज भट्टराई बताए ।