जेठ १६ पछि मात्रै वर्षे बिदा दिने त्रिविको निर्णय

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले जेठ १६ गतेपछि मात्रै वर्षे बिदा दिन पाउने  निर्णय गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को बैठकले त्रिविका आंगिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरूमा जेठ १६ गतेपछि समयानुकूल हुनेगरी वर्षे बिदा दिने निर्णय गरेको हो । यस्तो बिदा  जेठ १६ गतेपछि बढीमा २० दिनसम्म दिन सकिने त्रिविले जनाएको छ ।