तिनाउ नदिको बाढीले खतरा तह पार गर्यो, सुरक्षित स्थानमा रहन आग्रह 

 काठमाडौँ - नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान चार बजे सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतरा तह पार गरेको छ ।

तिनाउको बाढी बढ्दो क्रममा छ । त्यसैले तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने खतरा छ । विभागले होचा स्थानमा हुनेहरूलाई दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरेको छ ।