images

जेन- जी आन्दोलनबारे कार्की जाँचबुझ आयोगले गरेको सिफारिस विषेश १० बुँदामा के छ ?

काठमाण्डौं। जाँचबुझ आयोगले जेन-जी आन्दोलनका घटनामा संलग्न उच्च पदस्थ अधिकारीहरूलाई फौजदारी अनुसन्धान तथा विभागीय कारबाही गर्न  गरेको सिफारिस सार्वजनिक भएको  छ।

१. तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली , गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई मुलुकी अपराधसंहिता , २०७४ को दफा १८१  ( लापरबाही ) र (हेलचक्र्याइँ) अनुसार अनुसन्धान र  अभियोजनका लगि नेपाल सरकारलाई सिफारिस गरेको छ । चार घण्टाभन्दा बढी गोली चलिरहँदा रोक्न कुनै प्रयास नगर्नु नै प्रमुख आधार हो।

२. गृहसचिवलगायतका चार पदाधिकारीविरुद्ध हेलचक्र्याँएए अन्तर कारबाहीको सिफारिस ,  तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी , सशस्त्रका महानिरीक्षक राजु अर्याल , राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाण्डौं जिल्ला प्रशासन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालविरुद्द दफा १८२ अनुसार कारबाही चलाउन सिफारिस गरिएको छ। 

३. नेपाल प्रहरीका पाँच जना अधिकारीविरुद्द विभागीय कारबाहीको सिफारिस : नेपाल प्रहरीका एआईजी सिद्धविक्रम शाह , डीआईजी ओमबहादुर राना, एसएसपी विश्व अधिकारी , एसएसपी दीप शम्शेर र इन्स्पेक्टर ऋषिराम कँडेललाई प्रहरी ऎन र नियमावली बमोजिम कारबाहीको सिफारिस गरिएको छ।

४. सशस्त्रका तीन प्रहरी आधिकारीविरुद्द कारबाहीको सिफारिस : अपरेसन कमान्डर नारायणदत्त पौडेल , वाहिनीपति सुरेशकुमार श्रेष्ठ  र एसपी जीवन केसीलाई सशस्त्र प्रहरी ऎन र नियमावली बमोजिम कारबाही गर्न सिफारिस गरिएको छ।

५. हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध विभागीय कारबाहीको सिफारिस : काठमाण्डौं उपत्यका प्रहरीका प्रमुखको रूपमा हतियार र प्रहरी कार्यालयलाई सुरक्षित राख्न नसकेको पृष्ठभूमिका आधारमा प्रहरी नियमावली अनुसार नसियत दिन सिफारिस गरेको छ।

६. चार महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षामा चुकेका सेनाका अधिकारीविरुद्ध कारबाही गर्न सिफारिस : राष्ट्रपति भवन शीतल निवास , प्रधानमन्त्री निवास बालुवाटार , सिंहदरबार सचिवालय र संसद भवनको सुरक्षार्थ खटिएका चार नेपाली सेनाका कमान्डरहरु  - मनोज बैदवार , दिवाकर खड्का , गणेश खड्का र सन्तोष ढुंगेललाई सैनिक ऎन बमोजिम कारबाही गर्न सिफारिस गरिएको छ। 

७. टीओबी समूहविरुद्ध फौजदारी अनुसन्धान गर्न सिफारिस : भाद्र २३ को प्रदर्शनमा मोटरसाइकलमा आइ प्रदर्शनकारीलाई उक्साई हिंसा भड्काउने टीओबी समूहका व्यक्तिहरुविरुद्ध  फौजदारीसंहिता अनुसार अनुसन्धान र कारबाही गर्न सिफारिस गरेको छ। 

८. भाद्र २४ गतेको हिंसाको विस्तृत अनुसन्धान गर्न सिफारिस : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा भेटिएको रकमसहित २४ गतेको व्यापक आगजनी , लुटपाट र तोडफोडमा संलग्न व्यक्तिहरुको पहिचानका लगि सीसीटीभी फुटेज, बिहाइन्ड द सिन डेटा र अन्य डिजिटल सामाग्रीको आधारमा गहन अनुसन्धान गर्न सिफारिस गरिएको छ।

९. राष्ट्रिय अनुसन्धान विभागका दुई अधिकारीविरुद्ध  कारबाही गर्न सिफारिस : सहि समयमा सूचना संकलन गरी सूचना नदिएको कारण उपत्यका अभियान महाशाखाका सहनिर्देशक कृष्णप्रसाद खनाल र काठमाण्डौं जिल्ला प्रमुख रिवेनकुमार गच्छदारलाई विशेष ऎन र नियमावली बमोजिम कारबाही चलाउन सिफारिस गरिएको छ।

१०. साहसी प्रहरी , नागरिक र घाइते आन्दोलनकारीलाई पुरस्कारको ब्यवस्था गर्न सिफारिस : भाद्र २३ र २४ को जिन- जी आन्दोलनमा आफ्नो ज्यान जोखिममा राखेर प्रहरी कार्यालय र हतियार बचाउने ६ जना प्रहरी अधिकारी र आन्दोलनकारीबाट  प्रहरीको ज्यान जोगाउने २ जना नागरिकलाई पुरस्कृत गर्न  सिफारिस गरिएको छ। गोली लागेर घाइते हुँदाहुँदै एम्बुलेन्सको स्ट्रेचरमा बसेरै एमबीबीएसको परीक्षा दिई उतीर्ण भएकी एकता शाहलाई छात्रवृत्तिमा भर्ना गराउन सिफारिस गरिएको छ।

बिहीबार १२ चैत २०८२ १०:३१ AM मा प्रकाशित

प्रतिक्रिया