पशुपतिबाट कहाँ हरायो आधा किलो सुन ? 

काठमाडौँ - पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा आधा किलो सुन गायब भएको पाइएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुनको तौल लिएकामा आधा किलो कम पाइएको हो । अख्तिारले आइतबार अपरान्हदेखि सुनको तौल लिन थालेकामा सोमबार बिहान २ बजे सकाएको थियो ।

जलहरीमा प्रयोग भएको भन्दा आधा केजी सुन कम पाइएको हो । जलहरीको रिङ र बेल्टमा १०.४३२५ मा प्रयोग भएको पाइएको छ भने किला र काँटीमा १।०३७५ केजी सुन प्रयोग भएको स्रोतले जानकारी दिएको छ ।