पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ - पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालविरूद्व विशेष अदालतमा मुद्दा दायर गरेको हो । कोषको सदस्य सचिव रहँदा ढकालले एक करोड ४४ लाख ११ हजार ७८१ गैरकानूनी रूपमा कमाएको देखिएको अख्तियारले दाबी गरेको छ ।