जलहरीमा अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्ष

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा अनियमितता नभएको निष्कर्षमा पुगेको छ ।

अख्तियार स्रोतका अनुसार नाप जाँचमा खटिएको टोलीले प्रारम्भिक निष्कर्षमा अनियमितता नभेटिएको ठहर गरेको हो । यद्यपि जलहरी जोखेर त्यसको प्रतिवेदन अख्तियारमा पठाइएको छ ।