ललिपुरबाट ठूलो मात्रामा नगदसहित एक जना पक्राउ परेका छन् । करिब १ करोड बराबरको रकमसहित काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले एक जनालाई सोमबार साँझ नियन्त्रणमा लिएको हो ।
एआईजी टेक बहादुर तामाङका अनुसार, करिब ९१ लाख ५० हजार रुपैयाँ बरामद भएको छ । त्यस्तै, पैसा गन्ने मिसिन, ११ थान मोबाइल, आइप्याडसमेत बरामद भएको छ । पक्राउ पर्नेमा गौरव स्याङ्तान नाम गरेका व्यक्ति छन् । उनको अन्य परिचय खुलिसकेको छैन । प्रारम्भिक अनुसन्धानका क्रममा अनलाइन जुवाको आशंका गरिएको छ ।