राष्ट्रिय युवा संघ मोरङका उपाध्यक्ष आलमको दोहोरो नागरिकता

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ मोरङका उपाध्यक्ष मोहम्मद मजहर आलमको दोहोरो नागरिकता रहेको पाइएको छ । मोरङको विराटनगर महानगरपालिका- १७ रानीका स्थायी निवासी आलमले नेपालबाट बंशज नागरिकता लिएका छन्। उनले भारतको अररिया जिल्लाको यादव टोला  शैफगंज ईदगाहा नजिक शिफगंजबाट पनि भारतीय नागरिकता लिएको पाइएको हो।

उनले नेपालबाट २०६६ साल जेठ ५ गते बंशजको नागरिकता लिएका हुन् । नेपाली नागरिकतामा बुवा अब्बास मिया र आमाको नाम मोबिना खातुन उल्लेख गरिएको छ।

त्यस्तै भारतीय आम आादमीका अधिकार कार्डको नम्बर ८८१९११९३४३८० उल्लेख गरिको छ । भारतको विहार राज्य अन्तर्गत आयकर विभागको स्थायी लेखा संस्था कार्डको नम्बर इभी एन पी एम २३५५ सि रहेको  छ ।