आर्थिक अपचलन विरुद्ध मित्रमिलन सहकारी प्रकरण :३२ करोड बिगो मागदाबी सहित अनुसन्धान फाइल कास्की प्रहरीले सरकारी वकिलको कार्यालयमा पेस

कास्की जिल्ला मित्रमिलन बचत तथा श्रृण सहकारी संस्थामा मिलेमतो गरि  आर्थिक अपचलनमा संलग्नहरुसंग झन्डै ३२ करोड रुपैयाँ बिगो असुल उपर गर्ने तयारी भएको छ। सहकारी ऎन २०७४ को दफा १२२ अनुसार सजाय र बिगो माग  दाबीसहित जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा पेस गरिएको  छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धानपछि दायर अनुसन्धान फाइलमा आर्थिक अपचलन गरे बापत  ३२ जनाविरुद्ध जम्मा ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो मागदाबी गरिएको हो। अनुसन्धानले ३ हजार ४ सय ४६ जना सहकारी पीडितको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएको खुलेको थियो ।

यस अघि सहकारी ठगी प्रकरणमा कास्की जिल्ला प्रहरी कार्यालयले ठगिएका बचतकर्तालाई उजुरी दिन सूचना जारी गरेको थियो ।