मन्त्रालयले सोध्यो उड्ड्यन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।

सरकारको काममा बाधा पुर्‍याउने मनसाय राखेको भन्दै मन्त्रालयले अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेको हो ।