लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र २६ करोड जरिवाना

नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति आफ्नो नाममा गरेको अभियोगमा लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र झन्डै २६ करोड जरिवानाको फैसला भएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले गरेको फैसलामा न्यौपानेको उमेरका कारण कैद कम निर्धारण भएको उल्लेख छ ।