विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप,प्रहरीद्धारा अश्रुग्याँस प्रहार

काठमाडौं । आज बिहानै देखि कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलनरत पहिचानवादीहरु र प्रहरीबीच झडप भएको छ । 
झडप भएको कारण त्यहाँको स्थिति तनावग्रस्त भएको छ भने प्रहारीले अश्रग्याँस प्रहार गरेको छ । प्रदेश सभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोज्दाँ प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए।

त्यसपछि प्रहरीले भीड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको हो । कोशी प्रदेशको नाम संशोधनको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संघर्ष समितिले आन्दोलन गरेको हो । आइतबारबाट प्रदेशसभा भवन घेर्न भन्दै भेला भएका प्रदर्शनकारीले एकै रंगको पोशाक र हेल्मेट प्रयोग गरेका थिए ।