अनुसन्धानको लागि निकालिएको पशुपतिको जलहरी आज राखिँदै 

काठमाडौँ - पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिने भएको छ । अनुसन्धानका लागि गत आइतबार निकालिएको जलहरी आज पुनर्स्थापना गर्न लागिएको हो ।

जलहरी पुनर्स्थापना गर्दा पनि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति विकास कोषले जनाएको छ । तर उत्तरी रुद्र गाडेश्वर वरपर भने सुरक्षाकर्मीले भक्तजनलाई जान दिएका छैनन् ।