उपनिर्वाचन अपडेट: इलाम–२ मा सुहाङको अग्रता कायम, खड्काभन्दा २ हजार २८२ मतले अगाडि

इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ७ हजार ६७७ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ५ हजार ३९५ मत पाएका छन् । सुहाङभन्दा खड्का २ हजार २८२ मतले पछि छन् । 

स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ५८ मत प्राप्त गरेका  छन् । रास्वपाका मिलन लिम्बूले १ हजार १६६५ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।