पोखरामा मुख्यमन्त्रीहरूको सम्मेलन हुँदै, प्रधानमन्त्री पनि जाने 

पोखरा - सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन गण्डकी प्रदेशको पोखरामा शुक्रवारदेखि हुने भएको छ ।

प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा छलफल गर्न असार १५ र १६ गते सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन हुन लागेको गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।