निर्माण व्यवसायीले भोली धर्ना दिने

काठमाडौँ - नेपाल निर्माण व्यवसायी महासंघले आइतबार राजधानीको ताहाचलस्थित सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना दिने भएको छ । महासंघले बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिने जानकारी दिएको हो । 

सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट रूपले म्याद थप हुनुपर्ने लगायतका नौ बुँदे माग सहित नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनरत छ ।