३० अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

सेयर बजार मापक नेप्से परिसूचक मंगलबार (साउन १३) ३०.७६ अंकले बढेको छ । नेप्से परिसूचक १.०३ प्रतिशतले बढेर ३००२.०७ विन्दुमा बन्द भएको हो । यस दिन नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ । १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार (साउन १२) १९ अर्ब ३६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

१७६ कम्पनीको सेयर मूल्य बढेको छ । ७४ कम्पनीको सेयर मूल्य घटेको छ  । मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर र सान्भी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ७९० रुपैयाँ ५० पैसा कायम छ । ट्रेड टावरको सेयर मूल्य प्रतिकित्ता ८६२ रुपैयाँ ७० पैसा कायम छ । सान्भी इनर्जीको सेयर मूल्य प्रतिकित्ता ७६९ रुपैयाँ कायम छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.६० प्रतिशतले घटेर प्रतिकित्ता एक हजार १४८ रुपैयाँ ८४ पैसा कायम छ । हिमालयन डिस्टिलरीको सर्वाधिक मूल्यको सेयर किनबेच भएको छ । यो कम्पनीको ६४ करोड ४१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको हो । कारोबारमा आएका १३ मध्ये फाइनान्स र विकास बैंक समूहको परिसूचक घटेको छ । विकास बैंक समूहको परिसूचक ०.३६ प्रतिशतले घटेको छ । फाइनान्स समूहको परिसूचक ०.१२ प्रतिशतले घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ ।