नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । बिहिबार नै मतदान हुने भनिएता पनि सहमतिका लागि भन्दै मतदान आजका लागि तय गरिएको थियो । बिहान ८ बजे हुने भनिएको निर्वाचन प्रक्रिया केहीबेर अघि मात्रै शुरु भएको हो ।
प्रदेश कमिटीको अध्यक्षका लागि कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेकोमा तीन जनाले फिर्ता लिएपछि दाहाल र ढुंगेलबीच मात्रै प्रतिस्पर्धा भएको छ । त्यसैगरी सचिवमा हस्त पण्डित र नवराज सिलवाल उम्मेदवार रहेका छन् ।