छोरालाई बचाउन गएकी आमाको छोरासँगै लडेर मृत्यु

धादिङ - धादिङमा भिरबाट लडेर आमा छोराको मृत्यु भ्एको छ ।

बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर-२ मा लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो।

घाँस काट्न गएका बेला उनीहरूको लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

छोरालाई राखेर घाँस काट्न लागेकी अप्सरा छोरा लडेपछि बचाउन जाँदा उनको पनि मृत्यु भएको हो ।