आजको मौसम : देशका अधिकांश भागमा वर्षाको सम्भावना, तपाईको क्षेत्रमा कस्तो छ ? 

काठमाडौँ - हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका तराईका थोरै भूभागहरू साथै देशका पहाडी भूभागहरू आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भूभागका एक वा दुई स्थानमा मेघ(गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।